हातैले पन्छाइयो सिमकोट विमानस्थलको हिउँ

सिमकोट – सिमकोट विमानस्थलमा जमेको हिउँ सेनालगायत सुरक्षाकर्मीले हातैले बेल्चाबाट पन्छाएका छन्। विमानस्थलको हिउँ फाल्ने गाडी बिग्रिएपछि तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी मिलेर हिउँ फालेका हुन्। बराह दल गुल्मका गुल्मपति दिनेशकुमार खड्काका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा सिमकोट विमानस्थलमा जमेको हिउँ फालिएको हो। बिहीबार विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य भइरहेको समयमा गाडी […]

सम्बन्धित सामग्री

सडकमा जमेको हिउँ जेसिबीबाट पन्छाउन यातायात सेवा सुचारु

सिमकोट – सडकमा जमेको हिउँ जेसिबीद्वारा पन्छाएर यातायातका साधन सञ्चालनमा आएका छन्। सिमकोट हिल्सा सडकको समकोट गाउँपालिका– ७ को लाग्नमा जमेको हिउँ पन्छाउने कार्य पूरा भए पनि यातायातका साधन सञ्चालनमा आएका हुन्। हिल्सा सिमकोट सडक आयोजनामा खेला प्रमुख बिजय रोकायाले सडकमा जमेको हिउँ ६ घण्टा जेसिबीद्वारा पन्छाएर सफा गर्दै यातायातका साधन सञ्चालनमा आएको बताए। दश […]

लाग्न खण्डको सडकमा जमेको हिउँ जेसिबीबाट पन्छाउन सुरु

सिमकोट – सडकमा जमेको हिउँले यातायात सेवा अवरुद्ध भएपछि हिउँ पन्छाउन थालिएको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको समन्वयमा हिल्सा–सिमकोट सडक आयोजनाले सो हिउँ मेसिन लगाएर पन्छाउन सुरु गरेको हो। सिमकोट–हिल्सा सडकखण्डको सिमकोट गाउँपालिका– ७ को लाग्नमा जमेको हिउँ मेसिनबाट पन्छाउने थालिएको छ। उक्त सडक सुचारु गर्न स्थानीय प्रशासनको समन्वयमा हिल्सा– सिमकोट सडक अयोजनाले हिउँ […]

योजना सम्झौता गर्न हिउँ छिचोल्दै लिमीवासी सदरमुुकाममा

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीबाट न्यालुु लेकको हिउँ छिचोल्दै लिमीवासी सदरमुुकाम सिमकोट आइपुगेका छन्। विकासे योजनाको सम्झौता गर्न र पहिले गरेका योजनाको भुक्तानी लिन लिमीवासी तीन फिट हिउँ छिचोलेर सिमकोट पुुगेका हुन्। लिमी हल्जी गाउँका खेण्डाप तामाङले लिमीबाट न्यालुु लेकमा जमेको तीन फिट हिउँ छिचोलेर सदरमुुकाम सिमकोट आइपुुगेको बताए। लिमीबाट सिमकोट […]

सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै

हुम्ला, २३ माघ: हुम्ला जिल्लामा तीन दिनसम्मको हिमपातबाट सिमकोट हवाई मैदानमा जमेको हिउँ पञ्छ्याइँदै कार्य जारी रहेको छ । सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ । यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ । यो हिमपात यस वर्षको सबैभन्दा धेरै हो । उक्त […]

सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध

गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको  छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ । हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा  दैनिक १५ सम्म उडान हुने बताइएको छ

सिमकोटमा चार फिटसम्म हिउँ

हुम्ला । बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका […]

हवाई सेवा सुचारु गर्न सिमकोट विमानस्थलको हिउँ पन्छाइयो

सिमकोट – सिमकोट विमानस्थलमा जमेको दुई फिट हिउँ फाल्ने कार्य स्नोलक भेइकलबाट सम्पन्न भएको छ। तीन दिनदेखि हिमपातले हवाई सेवा अवरुद्ध भएका कारण सेवा सुचारु गर्न भइकलबाट हिउँ फालिएको थियो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले विमानस्थलमा जमेको हिउँ फाल्ने कार्य सम्पन्न भएको जानकारी दिए। गत बिहीबारबाट हिमपातका कारण हवाई सेवा अवरुद्ध हुँदै […]

सिमकोट विमानस्थलको हिउँ हटाएपछि हवाई सेवा सुरु

सिमकोट–हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ । हुम्लालाई अरु जिल्लासँग जोड्ने एकमात्र यातायात हवाई सेवा हिमपातका कारण प्रभावित भएको थियो । बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा विहीबार बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर […]

दुई दिन हिमपातपछि सिमकोटमा ढकमक्क हिउँ, बालबालिका भने दाउरा बेच्न सदरमुकामतिर…

शनिवार साँझ देशभरका विभिन्न क्षेत्रमा हिमपात भयो। हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा पनि हिउँ पर्‍यो। सिमकोट क्षेत्रमा दुई दिन लगातार हिउँ परेको थियो। यहाँ हिउँ परेपछि सबैतिर हिउँले ढपक्पै ढाकिएको छ। आइतवार घाम लागेपछि हिउँको दृश्य झनै महमोहन देखिएको छ। यही मेसोमा बालबालिका भने सदरमुकामतिर दाउरा लिएर जाँदै गरेको बाटोमा देखियो।…

हुम्लामा धारामा हिउँ जम्यो

सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सानाको धारामा हिउँ जमेको छ । हिउँ जमेपछि सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा हिउँ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा हिउँ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिए । घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए । “कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ; र, पानीका धारामा हिउँ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ” उनले भने । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए ।