१४ पुस, काठमाडौं । पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य हेर्नेहरूको भीड नै लाग्न थालेको छ । वर्षा र हिउँको चिसो छल्दै डाँडामा पुगेका आन्तरिक पर्यटकले हिउँ खेलिरहेका छन् । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको […]