‘कविताको एक अराजक प्रेमी !’ यसो भन्दा स्वयं नवीन अभिलाषी रिसाउने खतरा छ । तर म यही भन्न मन पराउँछु । किनकि ऊ कविताका लागि बाँचेको र कविताले बाँचेको मानिस हो । जीवनका तीन दशक पार गरिसक्दा उसले केही कुरालाई असाध्यै प्रेम गरेको छ भने त्यो कविता हो । र, त्यसपछिका आफ्ना सपनाहरु । ती सपना भुइँका हुन्, त्यही माटोका हुन्, जुन नवीनका पैतालाहरु छन् । कवितामा आफ्नै पैतालाका कथाहरु लेख्छ उसले । अहिले यो क्रुर समय झेलिरहेका मान्छेका सपना कस्ता हुन्छन् ? केही पढ्नु अनि युरोप अष्ट्रेलियात