कवि भूपि शेरचनका ११ कविता श्रव्य माध्यममा

कवि भूपि शेरचनको ८८ औँ जन्मजयन्तीका अवसरमा उनले लेखेका ११ कविताको श्रव्य संस्करण सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार सङ्घले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं कवयित्रीले वाचन गरी आइताबर काठमाडौं आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।श्रव्य सामग्री विमोचन गर्दै कवि एवं पूर्वमन्त्री एसपी कोइरालाले भूपि उनका सिर्जनाका कारण असङ्ख्य नेपालीको मन मस्तिष्कमा रहन सफल भएको बताए । भूपिका लोकप्रिय कविता श्रव्य माध्यमबाट स्रोतामाझ लगेपछि सुन्न चाहनेका लागि सहज हुने उनले सुनाए ।

सम्बन्धित सामग्री

रोदीका कवि कृष्णभक्त श्रेष्ठको दिनचर्या

नेपाली साहित्यमा आधुनिक कविताको युग थाम्ने कविहरुको एक जमात थियो। महाकवि देवकोटाको जीवनको उत्तरार्धकालमा फस्टाएका आधुनिक कविहरुमा मोहन कोइराला, ईश्वरबल्लभ, कृष्णभक्त श्रेष्ठ, द्वारिकालाल श्रेष्ठ, मोहन हिमांशु थापा, उपेन्द्र श्रेष्ठ, मदन रेग्मी, भूपि शेरचन, कुमार नेपाल लगायतको बाहुल्य थियो– लेखनमा, साहित्यिक गतिविधिमा, विद्रोहात्मक चरित्रमा। यी कविहरुले नेपाली कविता जगतमा एउटा बेग्लै माहोलको निर्माण गरेका थिए। यी […]

अक्षरको ज्यावल बोकेर समीक्षात्मक टिप्पणी

कविताको मानक संरचना यस्तै नै हुनुपर्छ भन्ने हुँदैन । कविताको विकास क्रममा धेरै नित–नवीनता प्रयोग हुँदै आएको छ । शास्त्रीय जड्तामा नै जकडिएको भए गोपालप्रसाद रिमाल, देवकोटा, भूपि शेरचन, मोहन कोइराला, कृष्णभुषण बल पनि कवि बन्न सक्दैन थिए । माधव घिमिरेले जनबोलीको लयलार्ई छन्दमा भाका सिंगारेको भए माधव घिमिरे हुने थिएनन् । जीवनका अनेक लय हुन्छन । भावनाका अनेक तालहरू हुन्छन् जीवनको प्रवाहमा गुन्जने सुसेली हुन्छन । तिनैलाई भाकामा टिपेर शब्द संयोजन गर्दा गीत, कविता बन्दछ । लक्ष्मीको कवितामा जीवनको लय छ,ताल, सुर छ र स्वाद पनि ।