धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।

सम्बन्धित सामग्री

नेपाली धितोपत्र बजार : तरलता समस्या र समाधान

कमसेकम एक कित्ता सेयर कारोबार अड लट कारोबार मार्फत नभई ‘नर्मल विन्डो’ मार्फत नै कारोबार गर्न पाउने व्यवस्था गर्न जरुरी छ ।

यो साता करीब २ प्रतिशत बढ्यो धितोपत्र बजार, २५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । यो साता बजारले उकालो यात्रा तय गरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ४९ दशमलव २८ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ८८ दशमलव ९९ विन्दुमा पुगेर बन्द भएको हो । सातामा १ दशमलव ९४ प्रतिशत अर्थात ३९ दशमलव ७१ अंकले बजार उकालो लागेको हो ।  यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ । पहिलो कारोबार दिन २६ दशमलव ३६ अंक घटेको बजार दोस्रो दिन ३६ दशमलव ५७ अंक, तेस्रो दिन २० दशमलव ६२ अंक, चौथो दिन ९ दशमलव ५० अंक र पाँचौं दिन शून्य दशमलव ६२ अंक घटेको हो । निरन्तर तीन दिन बढेको बजार अन्तिम दिन भने नाफा बुक गर्नेबाट प्रभावित बनेको देखिन्छ । केही समयदेखि गति लिन खोजेको बजारले यतिबेला भने ब्याजदर घट्ने संकेत पाएको छ । लगानीयोग्य पूँजी वित्तीय प्रणालीमा पर्याप्त भएको अवस्थामा ब्याजदर घट्ने भएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । बजारले थप गति लिन अल्पकालीन लगानीकर्ताको हाबी कम हुनुपर्ने बुझाई ब्रोकरहरूको छ ।  यो साता कारोबार रकम पनि अघिल्लो साताभन्दा ७ अर्ब ३१ करोड ८९ लाख रुपैयाँले बढेको छ । गत साता १८ अर्ब १५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको ४ करोड ९६ लाख ३० हजार कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २५ अर्ब ४७ करोड ७५ लाख रुपैयाँभन्दा बढीको ८ करोड २५ लाख ३७ हजार कित्ता धितोपत्र कारोबार भएको हो । यो साता कारोबार कित्ता पनि ३ करोड २८ लाख ७ हजारले बढेको हो । औसतमा कारोबार रकम ५५ करोड ५८ लाख रुपैयाँले बढेको छ भने कारोबार कित्ता ४० लाख ९९ हजारले बढी भएको छ । बढेको बजारमा कुल पूँजीकरण पनि ९७ अर्ब ६५ करोड रुपैयाँ बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ८३ अर्ब ४१ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ८१ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । अन्य समूहसँगै १० समूहगत परिसूचक बढे समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढेको यो साता समूहगत परिसूचकहरू भने १० ओटा मात्र बढेका छन् । गत साताको तुलनामा यो साता निर्जीवन बीमा समूहको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५८ प्रतिशत परिसूचक घटेको छ । यो साता अन्य समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव शून्य ९ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको ४ दशमलव ८५ प्रतिशत, जलविद्युतको ४ दशमलव ५० प्रतिशत, वित्तको ३ दशमलव ७९ प्रतिशत, लघुवित्तको ३ दशमलव ७४ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ११ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत, बैंकिङको शून्य दशमलव ४५ प्रतिशत, लगानीको शून्य दशमलव ३५ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव १७ प्रतिशत परिसूचक बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको कारोबार रोक्का

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी आपसमा मर्जरमा जाने भएसँगै धितोपत्र बजार यी कम्पनीहरूको सेयर कारोबार रोक्का भएको हो । असार २७ गते सिद्धार्थ र प्रिमियरबीच मर्जर सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सकिएपछि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) तय हुनेछ ।बिमा समितिको गत चैत १० गतेको निर्देशनपछि बीमा कम्पनीहरू पनि उपयुक्त पार्टनर खोज्न र मर्जरमा जान दबाबमा छन्

४४ खर्ब पूँजीकरण पुगेको शेयर बजारको परिपक्वता खोजिँदै

झण्डै ४४ खर्ब बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रबार शेयर बजारका सन्दर्भमा एक छलफल चलायो । छलफलमा नियामक निकायदेखि सरोकारवालाको सहभागिता थियो । नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ । निराशालाई चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन् ।

धितोपत्र बजार साम्राज्यवादको विकसित रूप हो : प्रचण्ड

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका छन् । शेयरबजारमा चरम निराशा आएर लगानीकर्ताको सम्पत्ति घटिरहेका बेला माओवादीको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै दाहालले यस्तो टिप्पणी गरेका हुन। उनले नाफा सोहरेर सीमित समूहलाई धनी बनाउने यस्तो वित्तीय एकाधिकार सृजना गर्ने प्रणालीसँग लड्ने तरीका खोज्नुपर्ने बेला आएको पनि बताए । उनका अनुसार उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने पूँजी धितोपत्र बजार, घरजग्गा कारोबार आदिमा जानु अर्थतन्त्रका लागि राम्रो होइन । पछिल्लो समयमा पूँजीको लगानी उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादकै विकसित रूप भएको उनको टिप्पणी छ । दाहालले भूमण्डलीकृत पूँजीवादलाई निस्तेज गर्ने गरी पूँजी बजारको विषयमा पनि पार्टीको आधिकारिक दस्तावेजमा नै समावेश गराउने बताए । ‘पहिला पहिला पूँजीको लगानी उद्योगमा हुन्थ्यो । उत्पादनमा लगानी हुन्थ्यो । त्यहाँबाट आउने नाफा पूँजीपतिहरूले लिन्थे । आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन । पूँजीको लगानी पूँजीमै हुन्छ । पूँजीको लगानी पूँजीमै हुने वित्तीय पूँजीवाद देखा पर्‍यो,’ दाहालले भने । उनले धितोपत्र, सट्टा बजार, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंंक र एशियाली विकास बैंकहरू सबै साम्राज्यवादका विकसित रूप भएको र यिनले ८० प्रतिशत नागरिकलाई भोको नांगो राखेर २० प्रतिशतलाई थप धनी बनाउँदै लगेको जिकीर गरे । ‘अहिले तपार्इंले हेर्नुभयो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, विश्व बैंक, एशियाली बैंक पैसा यताउता गर्छन् भन्ने होला, तर त्यस्तो होइन,’ दाहालले थपे, ‘यो साम्राज्यवादका विकसित रूपहरू हुन् । यो वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहरेर संसारका केही सीमित पूँजीपतिहरूको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नाँगो राख्ने प्रणाली हो ।’ माओवादीका तर्पmबाट अर्थमन्त्री बनेका मन्त्री जनार्दन शर्माले शिथिल अर्थतन्त्रलाई उकास्ने भन्दै अन्तरराष्ट्रिय मुद्रा कोषसँग रू. ४८ अर्ब विस्तारित कर्जा लिने तयारी गरिरहँदा अध्यक्ष दाहालले कोषलाई पनि साम्राज्यवादको विकसित रूप भएको बताएका हुन् । दाहालले बैंंकहरूमा रहेको रकम पनि सीधै घरजग्गा किनबेचमा भइरहेको र त्यसले छिटो नाफा कमाएकाले सबै रकम त्यही क्षेत्रमा खनिएको बताए । पूँजी बजारका विषयमा लामो समयदेखि वामपन्थी पृष्ठभूमिका नेताहरूले आलोचनात्मक कुरा बोल्दै आएका छन् । अर्थमन्त्री हुँदा बाबुराम भट्टराईले शेयरबजारलाई जुवाघरजस्तै रहेको बताएपछि लगानीकर्ताले उनको कडा आलोचना गरेका थिए । त्यसैगरी, २०७५ सालमा अर्थमन्त्री युवराज खतिवडाले पनि शेयरबजारलाई अनुत्पादक क्षेत्र भन्दै लगानीकर्तालाई निरुत्साहित गर्न खोजेका थिए । खतिवडाको पालामा शेयरबजार नराम्ररी घटेको थियो ।

२४ अंकले घट्दा पनि कारोबारमा नयाँ रेकर्ड

आइतबार धितोपत्र बजार परिसूचक नेप्से २४ अंकले घट्दा पनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ । यसभन्दा अघिका कारोबारहरूमा १९ अर्बसम्मको सेयर खरिद–बिक्री भएकोमा त्यसलाई तोड्दै आइतबार कारोबार रकमले...

धितोपत्र बजार : कारोबार रकम अर्ब पनि पुगेन

काठमाडौं - धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम भने रु ९१ करोड ८७ लाख ३२ हजारमा मात्रै सीमित भएको छ ।  यस साता कूल ३६ लाख ४७ हजार आठ सय ४० कित्ता शेयर खरिद बि...

धितोपत्र बजार : करिब चार अर्बको कारोबार

धितोपत्र बजारमा यस साता रु तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६८ कम्पनीको एक करोड २१ लाख तीन हजार ५८० कित्ता शेयर कारोबार भएको हो । गत साता १६७ कम्पनीको रु पाँच अर्ब २५ करोड २४ लाख १५ हजार बराबरका एक करोड…