झण्डै ४४ खर्ब बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रबार शेयर बजारका सन्दर्भमा एक छलफल चलायो । छलफलमा नियामक निकायदेखि सरोकारवालाको सहभागिता थियो । नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ । निराशालाई चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन् ।