धितोपत्र बजार : नेप्से २० अंकले बढ्यो

काठमाडौं । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अंकले बढेको छ ।  नेपाल स्टक

सम्बन्धित सामग्री

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : आर्थिक विकासमा धितोपत्र बजार

धितोपत्र बजारबाट सरकारले राम्रै आम्दानी गर्दै आएको छ । विगत १० आर्थिक वर्षको तथ्यांक हेर्दा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट एकै वर्षमा साढे १५ अर्ब रुपैयाँभन्दा बढीसम्म पूँजीगत लाभकर संकलन गरेको देखिन्छ । आर्थिक वर्ष (आव) २०७०/७१ देखि आव २०७९/८० सम्मको तथ्यांकलाई आधार मान्दा सरकारले आव ०७७/७८ मा सबैभन्दा बढी १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । त्यसपछिको वर्ष २०७८/७९ मा सरकारले १० अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको तथ्यांक धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेडले दिएको छ । यी दुई आव धितोपत्र बजार सरकारका लागि मात्र होइन, लगानीकर्ताका लागि समेत फलदायी बनेको थियो । त्यसपछिको आव २०७९/८० मा भने सरकारले २ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी मात्र पूँजीगत लाभकर प्राप्त गरेको छ ।  विश्वव्यापी कोरोना महामारीको असर नेपालमा २०७६ साल चैत महीनादेखि परेको थियो । कोरोनाका कारण जनजीवन घरभित्र मात्र सीमित हुँदा देशका सबै व्यावसायिक क्षेत्र प्रभावित बनेका थिए । उक्त समयमा अनलाइन प्रविधिसँग जोडिएकाले धितोपत्र बजार भने चलायमान बन्यो । देशका सबै व्यावसायिक क्षेत्र अस्तव्यस्त बन्दा सरकारले धितोपत्र बजारबाट उक्त समयमा राम्रो आम्दानी गर्न सफल भएको थियो । कोभिडको जोखिमका बीच धितोपत्र बजारका लगानीकर्ताबाट संकलित लाभकर सरकारका लागि महत्त्वपूर्ण आम्दानी बन्न सकेको थियो । कोभिड महामारीमा सरकारी आम्दानीको मुख्य स्रोत नै धितोपत्र बजार बनेको स्मरण यतिबेला लगानीकर्ता गर्छन् । सबै व्यापार व्यवसाय छोडेर कोभिडबाट बच्न घरभित्र बस्न बाध्य नेपालीहरूले आम्दानीको क्षेत्र बनाएकाले पनि उक्त समयमा धितोपत्र बजारले ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको लगानीकर्ता डम्बरुवल्लभ घिमिरे बताउँछन् । ‘सरकारी जागिरेबाहेक त्यस समय अन्यको आम्दानी हुने सम्भावना नै थिएन,’ उनी भन्छन्, ‘धितोपत्र बजारलाई नै आम्दानीको क्षेत्र बनाएका आफूजस्ता धेरै लगानीकर्ताको सक्रियताकै कारण कोभिड महामारीका बीच नेपाली जनतासँगै सरकारसमेत आम्दानी बढाउन सफल भएको हो ।’ जब बजार बढ्छ स्वाभाविक रूपमै लगानीकर्ता उत्साहित हुन्छन् अनि सरकारको समेत आम्दानी बढ्छ । घिमिरे भन्छन्, ‘बजार बढेकै वर्ष सरकारको आम्दानीसमेत बढेको तथ्यांक रहेकाले यो क्षेत्रको गतिलाई निरन्तरता दिने खालका नीतिमा सरकारले जोड दिन आवश्यक छ ।’ धितोपत्र बजारमात्र त्यस्तो क्षेत्र हो जसको वृद्धिले जनता मात्र होइन, सरकारको समेत आम्दानी बढ्ने ठोकुवासमेत घिमिरेले गरेका छन् ।  तथ्यांकलाई केलाउँदा नेप्से परिसूचक बढेको वर्ष सरकारको कर संकलनसमेत बढेको देखिन्छ । आव २०७०/७१ को अन्त्यमा १ हजार ३६ दशमलव ११ विन्दुमा नेप्से परिसूचक बन्द भएको नेप्सेको तथ्यांकले देखाउँछ । अघिल्लो आव ०६९/७० को अन्त्यमा ५१८ दशमलव ३३ विन्दुमा बन्द भएको नेप्से परिसूचक उक्त आव ५१७ दशमलव ७८ अंकले बढेको थियो । आव २०७०/७१ मा सरकारले धितोपत्र बजारका लगानीकर्ताबाट ७४ करोड ३५ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो । आव २०७१/७२ मा भने सरकारले ८१ करोड ५३ लाख रुपैयाँ यो क्षेत्रबाट कर उठाएको देखिन्छ । यस वर्ष नेप्से परिसूचक ९६१ दशमलव २३ विन्दुमा बन्द भएको थियो । आव ०७२/७३ मा नेप्से परिसूचक बढेर १ हजार ७१८ दशमलव १५ विन्दुमा पुग्यो । उक्त वर्ष सरकारले १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी कर संकलन गरेको थियो । आव २०७३/७४ मा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी, आव २०७४/७५ मा ४७ करोड रुपैयाँभन्दा बढी, आव २०७५/७६ मा ६४ करोड रुपैयाँभन्दा बढी र आव २०७६/७७ मा ९८ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गर्न सरकार सफल भएको थियो । नेप्से परिसूचकको अवस्थालाई हेर्दा आव २०७३/७४ मा १ हजार ५८२, आव २०७४/७५ मा १ हजार २१२ दशमलव ३६, आव ०७५/७६ मा १ हजार २५९ दशमलव शून्य २ र आव २०७६/७७ मा १ हजार ३६२ दशमलव ३५ विन्दुमा रहेको थियो । हालसम्मको इतिहासमा नेप्से परिसूचकले सर्वाधिक ३ हजार २०० विन्दु पार गरेको छ । २०७८ साल भदौ २ गते नेप्सेले हालसम्मकै ऐतिहासिक विन्दु पार गरेको थियो । सो समयमा नेपालको धितोपत्र बजारको कुल पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कायम रहेको थियो । २०८० साल साउन मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख रुपैयाँभन्दा बढी कायम छ ।  नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा कर लाग्ने व्यवस्था २०५८ साल साउन १ गतेदेखि लागू भएको पाइन्छ । आयकर ऐन– २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरीद गर्ने खरीदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरीद मूल्य मानेर आफ्नो लगानी विक्रीवाट प्राप्त लाभमा अग्रिम पूँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो । हालको व्यवस्थामा लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने हुन्छ ।  हालको व्यवस्थाअनुसार धितोपत्र दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएको खण्डमा अधिकतम १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ भने व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ । व्यक्तिगत लगानीकर्ताका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरिएको छ । एक वर्षभन्दा बढी धितोपत्र कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम धितोपत्र कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्पकालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

अब सातामा ६ दिन सेयर बजार खुल्ने, शुक्रबार साढे २ घण्टा मात्रै !

आगामी सातादेखि धितोपत्र बजार (सेयर बजार) ६ दिन खुल्ने भएको छ । यसअघिको निर्णय उल्टाउदै सरकारले आइतबारको सार्वजनिक विदा फिर्ता लिएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबारसहित शुक्रबारसम्म नै बजार खुलाउने भएको हो ।तर, साताको अन्तिम कारोबार दिन शुक्रबार भने साढे दुई घण्टा मात्र बजार खोल्ने नेप्सेले जनाएको छ । शुक्रबार ११ बजे बजार खोलेर १ः ३० बजे बन्द गरिने नेप्सेले जनाएको छ । अन्य बारहरु आइतबारदेखि बिहीबार भने साविककै ११ बजेदेखि अपराह्न ३ बजेसम्म नै बजार खुल्नेछ ।सरकारले गत जेठ १ गतेदेखि शनिवार

४४ खर्ब पूँजीकरण पुगेको शेयर बजारको परिपक्वता खोजिँदै

झण्डै ४४ खर्ब बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले शुक्रबार शेयर बजारका सन्दर्भमा एक छलफल चलायो । छलफलमा नियामक निकायदेखि सरोकारवालाको सहभागिता थियो । नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ । निराशालाई चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन् ।

नेप्सेमा ७१ अंकको उछाल, के अब धितोपत्र बजार सुध्रिएकै हो त ?

लामो समयसम्म घट्दो क्रममा रहेको नेप्से पुन: उकालो लाग्न थालेको छ । गत हप्ताको मंगलबारदेखि उकालो लाग्ने थालेको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो दिन अर्थात् आज आइतबार मात्र ७१ अंकमाथिले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज आइतबार नेप्से सूचक ७१.२० अंकले वृद्धि हुँदै २५ सय ९१.४२ विन्दुमा उक्लिएको हो ।  यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.३८ अंकले वृद्धि हुँदै ४८२.७४ बिन्दुमा पुगेको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको उपसूचकबा

सेयर बजारमा विकृत खेलोफड्को : दोष कसको ?

पछिल्लो समय नेपाली राजनीतिमा उतारचढाव आइरहँदा धितोपत्र बजार (सेयर मार्केट) मा पनि ठुलो तरङ्ग आएको छ । कारण झण्डै ३५ सय बिन्दु हाराहारी पुग्न लागिसकेको नेप्से एकाएक ओरालो लागिरहेको छ । यसले नै बजारमा तरङ्ग ल्याएको हो । यसको सम्पूर्ण दोष राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिमा खन्याइएको छ ।राष्ट्र बैङ्कले गत साउन २९ गते आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । जुन नीतिमार्फत बैङ्कले धितोपत्र बजारलाई समेत प्रभाव पार्ने गरी पहिलोपटक धितोपत्र (सेयर) धितो कर्जामा अधिकतम सीम

२४ अंकले घट्दा पनि कारोबारमा नयाँ रेकर्ड

आइतबार धितोपत्र बजार परिसूचक नेप्से २४ अंकले घट्दा पनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ । यसभन्दा अघिका कारोबारहरूमा १९ अर्बसम्मको सेयर खरिद–बिक्री भएकोमा त्यसलाई तोड्दै आइतबार कारोबार रकमले...

५१ कम्पनीलाई ‘जोखिम’ भनेर बोर्डले गल्ती गर्‍यो- नेप्से, बोर्ड भन्छ- गलत बुझियो

धितोपत्र बजार संचालनको जिम्मा लिएको स्वयम् नेप्सेले नै नियामक बोर्डको विज्ञप्ति उचित नरहेको जनाएको छ।  बोर्डले कम्पनीको नाम नै तोकी विज्ञप्ति निकालेर गल्ती गरेको नेप्सेका सिइओ चन्द्रसिंह साउदले बताएका छन्।

धितोपत्र बजार : नेप्से १२०० नाघ्यो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले बढेर २६०.६७ पुगेको छ ।