कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने बताएको छ ।शनिबार एक सूचना जारी गर्दै अस्पतालले भर्ना नलिने बताएको हो ।अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका बिरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ । तर, यो निर्णयको चौतर्फी विरोध भइरहेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरक