सुर्खेत । केही समयअघि कर्णाली प्रदेश अस्पताल कालागाउँमा कोरोनाभाइरस संक्रमित १० जनाको एकैदिन ज्यान गयो । त्यसअघि र पछि पनि अस्पतालमा प्राय ः कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।प्रदेशकै ठुलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्लामात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका गम्भीर समस्या भएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ । कर्णालीका अन्य जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि यही अस्पतालको मुख ताक्नुपर्ने अवस्था छ ।कोरोना संक्रमणका कारण गम्भीर समस्या भएका बिरामीलाई कर