काठमाडौं : 'विनियोजन विधेयक २०८०' को मन्त्रालयगत छलफलअन्तर्गत हालसम्म सात वटाको छलफल सकिएको छ। प्रतिनिधिसभामा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सकिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकमाथिको छलफल आज तोकिए पनि प्रदेशको नामको सट्टा अङ्क उल्लेख भए पछि कार्यसूचीबाट हटाएर असार ८ गतेका लागि तोकिएको छ। नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रदेशसभाको बहुमतबाट स्वीकृत प्रदेशको नाम