नीति तथा कार्यक्रममाथिको छलफल सकियो, सांसदले उठाएका जिज्ञासाको देउवाले जवाफ दिने

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा  सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।  अब आजै बेलुका ७:१० बजे अर्को बैठक बोलाईएको छ । उक्त बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि नीति तथा कार्यक्रम माथि परेका संशोधनहरुलाई निर्णायार्थ पेश गरिने छ । नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने छन् ।यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।के हो आर्थिक सर्वेक्षण ?बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ  ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन,  आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ । त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।  सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।  

सम्बन्धित सामग्री

बागमती प्रदेश सभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं : बागमती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९\०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो। नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार नै सक्ने र बुधबार सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति, एक वडा–एक पशु