नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दावी गरेका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दावी सहि हो भने सिसीटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरे ।बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे उनले आफू पेसा छोड्न तयार रहेको बताए । उनले न्यायालय सुधारका लागि सबै पक्ष लागि प