काठमाडौं : नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्। प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा सर्वोच्च फर्कने चर्चाबिच आइतबार अदालत पुगेका उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले महाभियोगको टुंगो नलगाएसम्म महाभियुक्तको रुपमा रहेका जबराले सर्वोच्च अदालतको काममा फर्कन…