बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी, तस्बिरहरु

आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । 

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध नेकपा एसका कार्यकर्ता सडकमा (तस्बिरहरु)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी सम्झौता व्याख्यात्मक टिप्प्णीसहित पारित गर्ने निर्णय गरेपनि सो दलका कार्यकर्ताले विरोध प्रदर्शन जारी राखेका छन् । आइतबार नेकपा एसले निर्णय गर्दै व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने भनेको थियो । तर दिउँसो सो पार्टीका विभिन्न भ्रातृ संगठनका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन जारी राखे । उनीहरुले टायर बालेर विराेध गरेका छन् […]

एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त (भिडियोसहित)

काठमाडौँ- एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन जारी छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन्। प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज समेत गरेको छ। आक्रोशमा […]

आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?

फागुन १५, काठमाडौं । प्रतिनिधि सभा बैठकबाट अन्य परिस्थिति उत्पन्न नभएमा आइतवार नै अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन हुने भएको छ । आइतवार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र तथा नेकपा समाजवादीका नेताहरु सम्झौताको व्याख्यात्मक छलफल गरेर पारित गर्न सहमत भएका थिए । प्रतिनिधि सभामा उक्त सम्झौतामा सैद्धान्तिक छलफल गरेपछि सांसदहरुले राखेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर एमसीसी पारित गर्ने तयारी छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आइतवार नै अनुमोदन हुने जानकारी सञ्चाकर्मीहरुलाई दिएका छन्। एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधि सभामा पेस गर्ने तयारी छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ । यसैबीच आइतवार प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा केही समय ढिलागरी शुरु हुने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा समाजवादीका दलका नेताहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्तावलगायतका प्रक्रिया मिलाउन व्यस्त भएकाले आइतवारको निर्धारित बैठक हुन ढिलाइ हुने भएको हो । संसद भवन बाहिर प्रदर्शन जारी  एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले भने आइतवार पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन् । युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै नाराबाजी गरेका थिए । तर उसकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।  एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा एकसाता यता दैनिकजसो विरोध प्रदर्शन हुँदै आएको छ ।

संसद भवन घेर्ने तयारीसहित एमसीसीविरूद्ध आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज पनि प्रदर्शन जारी छ । आजको विरोधमा विभिन्न ३४ दल तथा तीनका भ्रातृ संगठन सहभागी छन् । एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित संसद भवनलाई तीनतिरबाट घेर्ने तयारी गरेका छन् । आजको प्रदर्शनमा नेकपा […]

गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

न्युज अफ नेपाल, उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन । […]

एमसीसीविरुद्धको आन्दोलन जारी (फोटोफिचर)

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा प्रदर्शन जारी राखेको छ । सरकारले एमसीसी संसद्मा टेबुल गरेपछि यसको विरोधमा आन्दोलन र प्रदर्शन जारी छ । अखिल क्रान्तिकारीले आज पनि काठमाडौंमा जुलुश तथा प्रदर्शन गरेको थियो । अपरान्ह जुलुश प्रदर्शन गरेको उक्त संगठनले साँझमा भने मशाल जुलुश निकालेको […]

बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ। यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र…

नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई […]

वर्षाका बीच बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन जारी छ । संसद बैठक शुरू हुने बेलामा एमसीसीविरुद्ध विरोध बढेको छ । काठमाडौं उपत्यकामा भइरहेको वर्षाको बाबजुज बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघरमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको हो । तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।