डोटीमा निषेधाज्ञा समय थप, साउन १५ गतेसम्म रहने

काठमाडौं। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि डोटीमा जारी निषेधाज्ञा पुनः थप गरिएको छ। गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन१५ गतेसम्मका लागि थप गरिएको हो। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञाको उल्लङ्घन गर्ने,औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने जनाइएको छ।

सम्बन्धित सामग्री

रुकुम पूर्वमा एक साता थपियो निषेधाज्ञा

रुकुम (पूर्व) मा निषेधाज्ञाको समयअवधि एक साता थप गरिएको छ ।  डीसीएमसीको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजेबाट सकिँदैछ । जिल्लामा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएकाले साउन १५ गते थप गरिएको निषेधाज्ञालाई एक साता लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।सोमबार राती १२ बजेदेखि लागू हुनेगरी यहि साउन ३२ गते राती १२ बजेसम्मलाई लागू हुनेगरी निषेधाज्ञा थप भएक

संवैधानिक नियुक्ति विरुद्धको मुद्दामा साउन १५ पछि मात्रै सुनुवाइ हुने

७ साउन, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धी विवादहरुको सुनुवाई साउन १५ गतेपछि मात्रै गर्ने भएको छ । कोरोना महामारीका कारण अधिकांश सेवा कटौती गरेको सर्वोच्च अदालतले आगामी साताको शुक्रबार(साउन १५) गतेपछि मात्रै सबै सेवा खुला गर्ने निर्णय गरेको हो । ‘निषेधाज्ञा र अरु कारणले कटौती भएका अदालतका सेवाहरु विस्तारै खुल्ने क्रममा […]

रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली हट्यो

३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने […]

बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं। बैतडीमा गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्म थपिएको छ। आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याएको हो। कोरोना संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। जिल्लाभित्र सार्वजनिक तथा निजी भाडाका सवारी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।कोरोना भाइरस सङ्क्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए  । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।निषेधाज्ञालाई केही खुकु

बैतडीमा साउन १५ सम्म लम्ब्याइयो निषेधाज्ञा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको वैशाख २० गतेदेखि लागु गरेको निषेधाज्ञा आउँदो साउन १५ गतेसम्मका लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका...

बैतडीमा निषेधाज्ञा १५ दिन थप

बैतडी । कोरोना महामारी नियन्त्रणका लागि बैतडीमा लगाइएको निषेधाज्ञा थप गरिएको छ । वैशाख २० गतेदेखि जारीे निषेधाज्ञा १५ दिन थप गरीएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । यसअघि असार ३१ सम्म जारी गरिएको निषेधाज्ञालाई जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १५ सम्म कायम राख्ने निर्णय गरेको हो । कोरोना […]

डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप, पसल खोल्न पाइने

३० असार, डोटी । डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । जिल्लामा गत वैशाख महिनादेखि …