रुकुम (पूर्व) मा निषेधाज्ञाको समयअवधि एक साता थप गरिएको छ । डीसीएमसीको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजेबाट सकिँदैछ । जिल्लामा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएकाले साउन १५ गते थप गरिएको निषेधाज्ञालाई एक साता लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।सोमबार राती १२ बजेदेखि लागू हुनेगरी यहि साउन ३२ गते राती १२ बजेसम्मलाई लागू हुनेगरी निषेधाज्ञा थप भएक