जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।कोरोना भाइरस सङ्क्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।निषेधाज्ञालाई केही खुकु