फागुन दोस्रो सातासम्म जयनगर–कुर्था रेल सेवा उद्घाटन गर्ने लक्ष्यसहित आइतबारबाट रेलको ‘ड्राई रन’ थालिएको छ । रेल सेवा सुरु गर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कता, भौतिक संरचनाको अवस्था र कर्मचारीलाई जिम्मेवारी बोध गराउन बिनायात्रु रेलको परीक्षण थालिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । नियमित सेवा आरम्भअघि लिकमा रेल गुडाएर गरिएको पहिलो दिनको परीक्षण यात्रा सफल भएको उनको भनाइ छ ।