काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ४६५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गरेको उक्त शेयर विक्री हुन नसकेपछि सर्वसाधारणमा जारी गरिएको हो ।
यो शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने कम्पनीको भनाइ छ । इच्छुक व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय इमाडोल, ललितपुर र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।