सुर्केमा हरेक दिन बिहानै रुखका टुप्पा छुँदै म्याङ्लुङ बजारतिरबाट घाम छिर्थे र बेलुकी तीनजुरे काटेर अस्ताउँथे । घामको झुल्को मूलढोकाबाट छिरेर चुलाको भर्सेलीसम्म पुग्थ्यो । अस्ताउँदो घाम बिस्तारै पहेलिँदै लामा लामा छायाँ फालेर बिदा हुन्थ्यो । घडी थिएनन्, त्यसैले घामको खटन खुब चल्थ्यो । सधैँ झुल्किने घाम हेरेर किसान खेतबारीतिर जान्थेगोठाला गाईबाख्रा लिएर वनतिर लाग्थे म भाग्यमानी हुन पुगेछु हिँड्न सक्ने हुँदा नहुँदा पाठशाला जान पाएँत्यहीँनिरबाट मेरो