कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक

सरकारले कर नतिर्ने २७ ठूला करदाताको नामावली सार्वजनिक गरेको छ। आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले पटक पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धिकर र आयकर तिर्न अटेर गर्ने २७ व्यवसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरेको हो।यो खबर निरु पालले आजको कारोबार दैनिकमा लेखेकी छन्। कार्यालयले पटक पटक पत्राचार र फोन सम्पर्क गर्दासमेत…

सम्बन्धित सामग्री

पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन सरकारको आग्रह

सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो ।  विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ । आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा (१) वमोजिम आ.व. २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ५५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको चालीस प्रतिशतले हुने रकम यहि २०७८ पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि विभागले सार्वजनिक सूचना जारी गरेको हो।

कामपाले ४० ठूला करदाताको नाम सार्वजनिक गर्ने

काठमाडौँ, १९ साउन: कामपाले अबको दुई दिनभित्र लामो समयदेखि कर तिर्न बाँकी रहेका र सम्पर्कमा नआएका ४० ठूला करदाताको नाम सर्वजनिक गर्ने तयारी गरेको छ । “अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउन पर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्”, प्रमुख डा अघिकारीले भने […]

२२ अर्ब ४४ करोड कर तिर्न एनसेललाई पत्र

सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेललाई २१ अर्ब १० करोड र यसको ब्याज तथा जरिवाना बुझाउनु पर्ने ठहर गर्दै फैसलाको पूर्णपाठ सार्वजनिक गरेलगत्तै ठूला करदाता कार्यालयले कर निर्धारण गरेको छ । कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको हो ।

एनसेलले सरकारलाई तिर्नुपर्ने करको हिसाब निस्क्यो - BBC News नेपाली

सर्वोच्च अदालतले एनसेल कर प्रकरणमा उसको परमादेशको पूर्ण पाठ सार्वजनिक गरेलगत्तै ठूला करदाता कार्यालयले बक्यौता हिसाब निकालेर सात दिन भित्र रकम भुक्तानी गर्न एनसेललाई भनेको छ।

६५ अर्ब कर तिर्न टेलियालाई १५ दिने अल्टिमेटम

आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम सेवाप्रदायक कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब रुपैयाँभन्दा बढी कर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर आउने ६५ अर्ब ४० करोड रुपैयाँ १५ दिनको अल्टिमेटमसहितको सूचना ठूला करदाता कार्यालयले जारी गरेको हो । कार्यालयले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनीसमेत दिएको छ ।

६५ अर्व कर तिर्न टेलिया सोनेरालाई १५ दिने सूचना

आन्तरिक राजश्व विभागको ठूला करदाता कार्यालयले टेलिया सोनेरालाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।

लाभकर तिर्न टेलियालाई १५ दिनको अल्टिमेटम

ठूला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शेयर विक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाइ लाभकर, ब्याज तथा फि समेत गरी पुष १८ सम्म उसको कर बक्यौता रु ६५ अर्ब ४० करोड ३१ लाख नाघेको…

६५ अर्व कर तिर्न एनसेललाई १५ दिने सूचना

आन्तरिक राजश्व विभागको ठूला करदाता कार्यालयले एनसेललाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।