६५ अर्ब कर तिर्न टेलियालाई १५ दिने अल्टिमेटम

आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम सेवाप्रदायक कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब रुपैयाँभन्दा बढी कर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर आउने ६५ अर्ब ४० करोड रुपैयाँ १५ दिनको अल्टिमेटमसहितको सूचना ठूला करदाता कार्यालयले जारी गरेको हो । कार्यालयले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनीसमेत दिएको छ ।

सम्बन्धित सामग्री

८७ कम्पनीलाई कर र भ्याट तिर्न १५ दिने अल्टिमेटम

सरकारले समयमै कर दाखिला नगर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने ८७ कम्पनी र सञ्चालकको नाममा सार्वजनिक सूचना जारी गरेको छ । आन्तरिक राजस्व कार्यालयले बक्यौता कर तिर्न ताकेता गर्दै ८७ कम्पनीको नाममा सूचना जारी गरेको हो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले ३२ कम्पनी र महेन्द्रनगरले ५५ कम्पनीलाई बक्यौता कर तिर्न सार्वजनिक सूचना जारी गरेका छन् ।

टेलियालाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम

१९ पुस, काठमाडौं । आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत शेयर हस्तान्तरण गर्दा लाग्ने पूँजीगत लाभकर समयमा दाखिला नगर्दा टेलियासोनेरालाई करीव ५ अर्ब रुपैयाँको कर थपिएको छ । मंगलवार ठूला करदाता कार्यालयले टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत जोडेर ६५ अर्ब ४० करोड …