राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरू मन्द गतिमा भएको उल्लेख गरे । सांसद विश्वकर्माले ठेकेदारहरूको ढिला