काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि पाठ्यपुस्तकको अभावमा बालबालिकाको पढाइ प्रभावित भएका विषयमा सरकारको ध्यान नपुगेको बताएका हुन् । नेकपा एकीकृत समाजवादीकि सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न […]