काठमाडौं : पेट्रोल र डिजेलको मूल्य घटाएपछि नेपाल वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएको छ।सरकारले आइतबार पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर २९ रूपैयाँले मूल्य घटाएको छ। हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राख्ने निगमबाट भएको मूल्य समायोजनप्रति संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।संघका प्रवक्ता योगराज कंडेल शर्माले आइतबार विज्ञप्ति जारी गर्दै हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर नेपाल आयल