प्रतिनिधिसभाका सांसदहरुले इन्धनमा भएको मूल्यवृद्धि लगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।नेकपा (एकीकृत समाजवादी)की सांसद समीना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् […]