बीओकेमा नगद फिर्ता योजना

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले आउँदै गरेका कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तिज पर्व अवसरलाई लक्षित गरी फुडमाण्डु, भोजडिल तथा खानपिनफुडमार्फत खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् ।ग्राहकले योजनामा सहभागी हुन अनलाइन अर्डरपछि बिल भुक्तानी गर्दा मोबाइल बैंकिङ (बीओके स्मार्ट) मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कम (अनलाइन) कारोबार गर्नुपर्नेछ । नगद फिर्ता योजनामा सहभागी भएपछि प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेका पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा रकम जम्मा गरिदिनेछ ।  

सम्बन्धित सामग्री

‘सानिमा सजिलो ई–बैंकिङ’को नगद फिर्ता योजना

काठमाडौं। सानिमा बैंकले फोनपे प्रालिको सहकार्यमा ‘सानिमा सजिलो ई–बैंकिङ’ प्रयोगकर्ताका लागि नगद फिर्ता योजना ल्याएको छ । कात्तिक मसान्तसम्म लागू हुने यस योजनामा पहिलो पटक ई–बैंकिङ गर्नेका लागि विभिन्न सुविधा दिने बताइएको छ । यसअन्तर्गत पहिलो पटक सानिमा सजिलो ई–बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले एयरलाइन्सको टिकट खरीदमा पाँच प्रतिशत वा अधिकतम रू. २०० नगद फिर्ता पाउनेछन् । त्यस्तै, बिजुलीको बिल तिर्दा दुई प्रतिशत वा अधिकतम रू. २५ र इन्टरनेटको बिल तिर्दा दुई प्रतिशत वा अधिकतम रू. ५० सम्मको नगद फिर्ता हुने बैंकले जानकारी दिएको छ । पहिलो पटक मोबाइल बैंकिङ प्रयोग गरेका ग्राहकलाई प्रोत्साहन गर्न यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।

बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।यस नगद फिर्ता योजना १ देखि ६ कात्तिकसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगद […]

बैंक अफ काठमाण्डुको चाडबाड लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डुले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई नगद फिर्ता योजना ल्याएको छ।

बैंक अफ काठमाण्डूको कार्डबाट इकमर्स कारोबारमा नगद फिर्ता

बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण इकमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।बैंकको कार्डवाहकले विभिन्न ईकमर्स प्लेटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगदफिर्ता पाउनेछन् ।यस नगद फिर्ता योजना यही २२ […]

बैंक अफ काठमाण्डूको कुशे औंसी र तीज लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरमा नगद फिर्ताको योजना ल्याएको छ । फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा बैंकले नगद फिर्ता योजना ल्याएको हो ।योजनाअन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी […]

बैंक अफ काठमाण्डूले ल्यायो नगद फिर्ता योजना

काठमाडौँ– बैंक अफ काठमाण्डूले ग्राहकहरुका लागि कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफूलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट […]

एनआईसी बैंकका ग्राहकले यी पाँच ठाउँबाट समान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई एक विशेष योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकले घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो ।  बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिन फूड एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजि...

एनआईसी एशिया बैंकको नगद फिर्ता योजना

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि अनलाइनमार्फत खरिदमा नगद फिर्ता योजना ल्याएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकै बेला ग्राहकलाई लाभ दिन यो योजना ल्याइएको बैंकले जनाएको छ । योजनाअन्तर्गत घरमै बसेर सस्तोडिल, ग्यापु, इन्फी, खानपिन फुड्स एन्ड टुर्स, रिचार्जरजस्ता विभिन्न अनलाइनमार्फत ०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा बैंकका ग्राहकले १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता पाउनेछन् । कोरोना भाइरसको महामारीकाकारण असहज परिस्थिति सिर्जना भएका बेला ग्राहकको किनमेल सहज बनाउने उद्देश्यले यो योजना ल्याइएको बैंकले बताएको छ । डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न ई–कमर्स कम्पनीबाट सामग्री खरिद गर्दा नगद फिर्ता योजना ल्याइएको हो । यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्स तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यूआर भुक्तानी गरी योजनामा सहभागी हुन सक्नेछन् । आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत सहज रूपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी योजनाको फाइदा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

एनआईसीको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २०% सम्म छुट तथा नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस र स्टप ग्र्यावबाट वैशाख ३ सम्म विभिन्न सामग्रीहरूको खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म नगद रकम फिर्ता हुने बैंकले जनाएको छ । बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्शमार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म छुटको योजना समेत ल्याएको छ । नयाँ वर्षका बेला अझ बृद्धि हुने