गरिमा विकास बैंकले नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय रुपैयाँ नगद फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो ।