सरकारले ऋण तथा अनुदानबापत विभिन्न दातृ निकायबाट १७ अर्ब २१ करोड शोधभर्ना लिन बाँकी

काठमाडौं । सरकारले ऋण तथा अनुदानबापत विभिन्न दातृ निकायबाट १७ अर्ब २१ करोड रुपैयाँ शोधभर्ना पाउन बाँकी रहेको पाइएको छ । सरकारले अन्तरराष्ट्रिय विकास साझेदार संस्थाबाट पाउने शोधभर्ना रकम हरेक वर्ष धेरै देखिँदै आएको थियो । तर, यस वर्षको बजेटको अर्धवार्षिक समीक्षासम्म उक्त रकम तुलनात्मक रुपमा कम देखिएको छ । आर्थिक वर्ष (आव) २०८०/८१ को शुरुआतमा वैदेशिक सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम १८ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ रहेको थियो । त्यसमध्ये अनुदानतर्फ ७ अर्ब ४८ करोड ७८ लाख र सहुलियत ऋणतर्फ ११ अर्ब ३१ करोड ९ लाख रुपैयाँ थियो । पुस मसान्तसम्म शोधभर्ना २३ अर्ब २८ करोड २० लाख रुपैयाँ प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।  पुससम्म शोधभर्ना लिन बाँकी रकम १७ अर्ब २१ करोड २ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा शोधभर्ना लिन बाँकी रकम ३० अर्ब ३७ करोड ८६ लाख रुपैयाँ थियो । दातृ निकायले सहयोगको प्रतिबद्धता गरेका आयोजनाहरूमा सरकारले पहिले खर्च गर्छ । त्यस खर्चको आधारमा दाबी भुक्तानी गर्न सरकारले पैसा लिन्छ । यही प्रक्रियालाई शोधभर्ना भनिन्छ । दातासामु सरकारले गरेको खर्च विवरण पेश गरेपछि शोधभर्ना प्राप्त हुने गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार नेपाल सरकारको स्रोतबाट खर्च गरी दातृपक्षबाट शोधभर्ना लिनुपर्ने व्यवस्था छ ।  शोधभर्ना प्राप्तिको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा प्रमुख दिनेश रेग्मीले शोधभर्ना प्राप्तिमा ठूलो सफलता प्राप्त भइरहेको बताए । उनका अनुसार विगतमा ठूलो मात्रामा शोधभर्ना प्राप्त नहुँदा सरकारी स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा नराम्ररी चाप पर्दै आएको थियो । आयोजनामा भएको वास्तविक खर्चका आधारमा भुक्तानी गरी नगद व्यस्थापन गर्न दातृ निकायहरूले शोधभर्ना विधिमार्फत भुक्तानी गर्दै आएका छन् । शोधभर्ना भुक्तानी दातृ निकायले आयोजनाको वास्तविक खर्चका आधारमा गर्ने गरेका छन् । तर, विगतमा सञ्चालित आयोजनाले वास्तविक खर्च नदेखाउँदा अघिल्ला वर्षहरूमा शोधभर्ना भुक्तानीमा दातृ निकायले आनाकानी गर्ने गरेका थिए ।  वैदेशिक सहायतामा निर्माण गरिने आयोजनामा दातृ निकायबाट बेहोरिने रकम शुरूमा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च हुन्छ । त्यसपछि खर्च गरिएको रकम दातृ निकायसँग माग गरी प्राप्त गर्नु नै शोधभर्ना हो । त्यसरी पहिले सरकारको आफ्नै स्रोतको प्रयोग गर्ने र पछि सहायता उपलब्ध गराउन सम्झौता गरेको देश–निकायबाट भुक्तानी प्राप्त गर्ने विधिका रूपमा शोधभर्नालाई लिइने गरिएको छ ।  ‘विशेषत: अनुदानका आयोजनामा शोधभर्ना प्राप्तिमा केही समय लाग्ने गरेको छ तर ऋणतर्फ भने समस्या धेरै हटेको छ,’ उनले आर्थिक अभियानसँग भने । पहिला आयोजनाहरूले समयमै लेखापरीक्षण नगराउने, सरकारी निकायबाट आयोजनाको अनुगमन प्रभावकारी नहुने, सरकारी कार्यालयमा लेखा सञ्चालन गर्ने कर्मचारीको कार्यक्षमता कमजोर हुँदा समेत शोधभर्ना उठ्न नसक्ने अवस्था धेरै थियो तर यसमा सुधार भएको महालेखाका अधिकारीहरूको बुझाइ छ । महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत दातृ निकायसँग गरिएको सम्झौताअनुसार शोधभर्नाको बिल समयमै पेश नहुँदा अर्बौं रुपैयाँ सरकारी खातामा आउन नसकेको र शोधभर्नामार्फत प्राप्त हुने वैदेशिक ऋण तथा सहायतामा आधारित आयोजनाले समयमै विवरण पेश नगर्दा सरकारी स्रोतमाथि दबाब थपिएको औंल्याउँदै आएको छ ।

सम्बन्धित सामग्री

सरकार चलाउन ऋणमाथि ऋण

सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ। पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ। साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ।...

सरकारले ऋण लिएको रकम ऋण तिर्नै ठिक्क

६ असार, काठमाडौं । ऋणको पासोमा पर्दै गएको सरकारले चालु आर्थिक वर्षमा लिएको आन्तरिक ऋण रकम ऋण तिर्नमै खर्च गर्नु परेको छ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले २ खर्ब २० अर्ब ३८ लाख रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ । यसै अवधिमा आन्तरिक ऋणको सावाँ–ब्याज भुक्तानीमा भने १ खर्ब ६४ अर्ब ४८ […]

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

काठमाडौं, असार ३० । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण […]

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो ।नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ ।बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले प्राप्त ऋणको उपभ

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ […] The post विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश सरकारले ऋण लिने कानुनी संयन्त्र बनाउन जोड

पोखरा-प्रदेश सरकार गठन भएको ४ वर्ष पूरा हुँदा पनि प्रदेश सरकारले ऋण लिने कानुनी संयन्त्र बन्न नसक्नु दुख भएको प्रदेशका मन्त्रीहरुले गुनासो गरेका छन् ।सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीसहितको टोलीलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले गरेको छलफलमा मन्त्रीहरुले बजेटमा ऋण लिने गरी बजेट बनाउँदै आएपनि हालसम्म यस विषयको कुनै कानुन नबन्नु दुखद भएको गुनासो गरेका छन् […]

युगान्डा सरकारले ऋण तिर्न नसकेपछि विमानस्थल बुझायो चीनलाई

युगान्डा सरकार ऋण तिर्न नसक्दा आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पिन बाध्य भएको छ ।  अफ्रिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, युगान्डा सरकारले चीनसँगको लोन अग्रीमेन्ट पूरा गर्न सकेन । ऋण तिर्न नसकेमा विमानस्थल चीनलाई सुम्पिने शर्त थियो ।  एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य सम्पत्तिहरू लिलामबिक्री गरिएको र चिनियाँ ऋणदाताहरूका तर्फबाट ऋणको मध्यस्थतामा कब्जा गर्ने विषयमा सहमति व्यक्त गरिएको थियो ।  युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । त्यहाँ ऋणका शतएका पुनः छ...

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म सहुलियतमा ऋण!

काठमाडौं : सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण सहयोग हुने बताए। उच्च माध्यामिक तहभन्दा माथिका विद्यार्थीका लागि ल्यापटप किन्न सरकारले ऋण दिने भएको हो। 'उच्च माध्यामिक…

प्रभावकारिताका सवालमा ऋण व्यवस्थापन

लोककल्याणकारी सरकारहरू आम्दानी र खर्चको सन्तुलनमा मात्र नरही आम नागरिक भलाइका लागि ऋण समेत लिएर काम गर्दछन् । सरकारले ऋण लिनु भनेको जनहितकारी काम गर्छु

ऋण उठाउँदै सरकार

सरकारले १२ माघदेखि ८ फागुनसम्म ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। बजेटमा घोषणा गरिएका कार्यक्रम तथा विकास आयोजनाको खर्च जुटाउन राजस्वले नथेग्ने भएपछि सरकारले ऋण उठाउँछ। अर्थ मन्त्रालयले राजस्वले नथेग्ने बजेट बनाएपछि बाँकी खर्च जुटाउन विदेशी अनुदान र विदेशी ऋण खोज्छ। त्यसले पनि नधान्ने अवस्थामा स्वदेशभित्रैका बैंक तथा वित्तीय संस्था र नागरिकबाट यस्तो ऋण लिने गर्छ। हरेक वर्ष सरकारले स्वदेशी बजारबाट ऋण उठाउने गरेको छ।  यो वर्ष २ खर्ब २५ अर्ब ऋण उठाउने योजना बनाएको सरकारले त्यसको झन्डै एक चौथाइ रकम अबको एक मह...