युगान्डा सरकारले ऋण तिर्न नसकेपछि विमानस्थल बुझायो चीनलाई

युगान्डा सरकार ऋण तिर्न नसक्दा आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पिन बाध्य भएको छ ।  अफ्रिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, युगान्डा सरकारले चीनसँगको लोन अग्रीमेन्ट पूरा गर्न सकेन । ऋण तिर्न नसकेमा विमानस्थल चीनलाई सुम्पिने शर्त थियो ।  एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य सम्पत्तिहरू लिलामबिक्री गरिएको र चिनियाँ ऋणदाताहरूका तर्फबाट ऋणको मध्यस्थतामा कब्जा गर्ने विषयमा सहमति व्यक्त गरिएको थियो ।  युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । त्यहाँ ऋणका शतएका पुनः छ...