सरोकारवालाहरूले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णयको विरोध गरेका छन् । राष्ट्र बैंकका पूर्वगर्भनर, अर्थविद् तथा कानूनविद्हरुले गर्भनर निलम्बन गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् । उनीहरूले गभर्नरलाई निलम्बन गर्न सरकारले सोचेजस्तो सहज नरहेको समेत बताए ।राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले के कारणले गभर्नरलाई निलम्बन गरेको भन्ने अझै स्पष्ट भइनसकेको बताएका छन् । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘ऐनले गभर्नरलाई हदैसम्मको स