सेयर लगानीमा ४/१२ को सीमा हटाउन माग

काठमाडौं, जेठ ५ । लगानीकर्ताले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै सेयर लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले ४ करोड एउटा बैंकर करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त […]

सम्बन्धित सामग्री

शेयर धितोकर्जामा १२ करोडको सीमा राख्ने पक्षमा छैनौं : श्रेष्ठ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् । सोमवार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा.श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई शेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको स्पष्ट प

४/१२ नीतिबारे राष्ट्र बैंकले गर्यो थप ब्यबस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गरेको छ । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज निर्देशन जारी गरेको हो ।मौद्रिक नीति मार्फत  राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ को नीति संशोधन गर्दै ४ खारेज गरेर १२ मात्र कायम राखेको थियो ।  अहिले निर्देशन जारी गर्दै राष्ट्र बैंकले त्यसलाई थप प्रष्ट पारेको छ।निर्देशनमा भनिएको छ 'मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit: कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु. १२ करोड कायम गरिएको छ। मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भूक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ। यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ।'

माथिल्लो दबाबबाट तल्लो सीमा खारेज : सेयर मार्केटमा कस्तो प्रभाव पार्छ ?

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा पहिलो पटक ४/१२ को सीमा तोकेको थियो । अर्थात् राष्ट्र बैंकले पहिलो पटक सेयर धितो कर्जाको सीमा तोक्दै एक व्यक्तिले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । यसले आम लगानीकर्ताहरु राष्ट्र बैँकप्रति आक्रोशित बने ।सेयर धितो कर्जामा कुनै सीमा तोक्न आवश्यक नरहेको भन्दै मौद्रिक नीतिको तीव्र आ

४/१२ कराेडकाे सीमा र जाेखिम भार बढाउँदा अहिले समस्या देखियो : अध्यक्ष हमाल

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमालले माैद्रिक नीतिमा सेयर धिताे कर्जामा ४/१२ कराेडकाे सीमा र जाेखिम भार बढाउँदा सेयर बजार प्राभावित भएकाे बताएका छन् ।  उनले बाेर्डमा पत्रकार सम्मेलन आयाेजना गर्दै मार्जिन प्रकृतिकाे सेयर धिताे कर्जामा ४/ १२ कराेडकमे सीमा र जाेखिम भार १०० प्रतिशतबाट १५० प्रतिशत पुर्‍याउँदा समस्या...

४–१२ को मार्जिन ल्यान्डिङका कारण धितोपत्र बजार संकटमा

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले हाल कायम ४–१२ को मार्जिन ल्यान्डिङकै कारण धितोपत्र बजार संकटमा परेको तर्क गरेका छन् ।  धितोपत्र बोर्डको ३०  औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नियामक निकाय धितोपत्र बजार (सेयर बजार) प्रति कठोर हुँदा अहिलेको अवस्था आएको बताए । चालू आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरेको राष्ट्र बैंकले धितोपत्र बजारलाई नियन्त्रण गर्ने गरि धितोपत्र कर्जाको अधिकतम सीमा ४–१२ तोकेको थियो । एक व्यक्ति वा संस्थाले एक बैंक वा वित्तीय क

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : हटेन मार्जिन ल्याण्डिङको ४/१२ को क्याप

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको समीक्षा गरेको बैंकले यस पटक पनि धितोपत्र बजारको मार्जिन ल्याण्डिङ (सेयर कर्जा) को सीमा हेरफेर गरेन । बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत मार्जिन ल्याण्डिङको सीमा ४/१२ कायम गरेको थियो । अर्थात् एक व्यक्ति वा संस्थाले मार्जिन ल्याण्डिकको नाममा एक बैंक वा वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र अन्य सबै बैंक तथा वित्तीय संस्थाहरुबाट गरी बढीमा १२ करोड रुपैय

सेयर लगानीमा ४/१२ को सीमा हटाउन माग

लगानीकर्ताले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै सेयर लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले ४ करोड एउटा बैंकर करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन्।चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड तथा १२ करोडको सोमा लगाएको थियो । तर, सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरू केन्

मौद्रिक नीति समीक्षाः ४/१२ को सीमा नचलाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक  गर्न लागेको मौद्रिक नीतिको समीक्षामा ४/१२ को कर्जा नीतिलाई नचलाउने भएको छ । निजी क्षेत्रले भने यो सीमा खारेज गर्न माग गर्दै आएका थिए । मौद्रिक नीतिमाथि समीक्षाको पूर्वसन्ध्यामा राष्ट्र बैंक स्रोतले ४/१२ को सीमामा तलमाथि नहुने जानकारी दियो । स्रोतले भन्यो, ‘देशको अवस्था हेरेर लामो अध्ययन पश्चात […]

'४/१२ लाई बजारले पचाईसक्यो, मौद्रिक नीतिको समिक्षाले नेगेटिभ असर पार्दैन'

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले मौद्रिक नीतिको समिक्षाले शेयरबजारलाई नेगेटिभ असर नगर्ने बताएका छन् । मौद्रिक नीतिको अपेक्षा मार्फत ४/१२ को सिमा संशोधन हुने अपेक्षा गरेको भए पनि सो नहुँदा पनि यसले बजारलाई नेगेटिभ असर नगर्ने बताएका हुन् । उनले भने '४/१२ लाई बजारले पचाईसक्यो, मौद्रिक नीतिको समिक्षाले अब बजारलाई नेगेटिभ असर पार्दैन, बजार आफ्नै लयमा अगाडी बढ्छ' । ४/१२ को सिमा र सिडी रेसियोमा परिमार्जनको माग गरिए पनि सोचे अनुसार माग सम्बोधन नभएको उनको भनाई छ । ति ब्यबस्था पुनरावलोकनको चाहना रहेको भए पनि ति ब्यबस्था पुनरावलोकन नहुँदा पनि बजारलाई अब असर नगर्ने उनको भनाई छ । राष्ट्र बैंकले ब्याजदरलाई नियन्त्रणमा राख्न प्रयास गरिरहेको र तरलताको समस्या पनि विस्तारै सहज हुने भएकोले पुँजीबजार आगामी दिनमा सकारात्मक रहने उनको भनाई छ ।बजार उच्चतम बिन्दुबाट धेरै घटिसकेको, लाभांश खाने समय भएको, ४/१२ लाई बजारलेपचाईसकेको, तरलताको समस्या सहज हुदै जाने देखिएको र ब्याजदरलाई राष्ट्र बैंकले नियन्त्रणमा राखिसकेको जस्ता कारणले अबको दिन पुँजीबजार सकारात्मक रहने उनी बताउछन् ।नेपाल रश्र्ता बैंकएल शुक्रबार मौद्रिक नीतिको प्रथम त्रौमसिक समिक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले समिक्षामा शेयर धितो कर्जाको ४/१२ को सिमा र सिडी रेसियोलाई यथावत राखेको छ । यस्ता छन् मौद्रिक नीतिको समिक्षाको ९ मुख्य बुंदा :१. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ।२. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा-निक्षेप अनुपात (Credit-Deposit Ratio) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ।३. विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ ।४. Document Against Payment र Document Against Acceptance को विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।५. ड्राफ्ट टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ।६. व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ ।७. विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।८. गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ ।९. विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ।