काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएर गम्भीर भूल गरेको आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउन खोजेको प्रसङ्गलाई जोड्दै त्यसपछिको अहिले अर्को गम्भीर भूल भएको टिप्पणी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो( गभर्नरको निलम्बन। आर्थिक संकट