भासिएको पुल मर्मत भएन

अविरल वर्षात्सँगै आएको पहिरोका कारण भासिएको सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाड बजार नजिकै भेरी नदीको झोलुंगे पुल मर्मत भएको छैन । पुल मर्मत नहुँदा बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते र कुरिल्लेका स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

सम्बन्धित सामग्री

सातादेखि राजमार्ग बन्द

अविरल वर्षाका कारण पुल भासिएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्गको बुटवल–देवदह सडक अझै खुलेको छैन । सडक बन्द भएपछि यात्रुहरू भैरहवादेखि परासी हुँदै यात्रा गर्न बाध्य छन् । गत बिहीबार राति भासिएको पुल एक साता बितिसक्दा न मर्मत गरिएको छ, न डाइभर्सन नै बनाएर यातायात सञ्चालनमा ल्याइएको छ ।

जब्दीघाटको पुल मर्मतमा ढिलाइ

काठमाडौं । सडक विभाग र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको बदमासीकै कारण अहिलेसम्म बर्दियाको जब्दीघाटस्थित बबई नदीमा बिग्रिएको पुल मर्मतको काम हुन सकेको छैन । २०७४ सालको २८ र २९ साउनमा आएको भीषण बाढीले भासिएको पुल अहिलेसम्म मर्मत नगरिँदा त्यहाँका स्थानीय निकै कष्टपूर्ण यात्रा गर्न बाध्य भइहेका छन् । अहिले त्यहाँका स्थानीयवासी सोही बिग्रिएको पुलबाट नै …

रेलवे लिक मर्मत, पुलको बेवास्ता

भारत विहारस्थित फारबिसगन्ज-जोगवनी सडकखण्डनजिकै बाढीले क्षति पुर्‍याएको रेलमार्ग मर्मत गर्न त्यहाँको सरकारले दैनिक एक हजार मजदुर परिचालन गरेको छ । तर, नेपालतर्फ मालवाहक गाडी आउने त्यही सडकमा भासिएको पुल मर्मतमा भने उसले चासो दिएको छैन । पुल मर्मत नहुँदा एक सातादेखि मालवाहक गाडी नेपालतर्फ आउन सकेका छैनन् । यसबाट विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट…