कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ । पुल निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्न बनाइएको झोलुंगे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय बासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपमा आजतजावत गर्न सकिने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए । रासस