सल्यान : सल्यान र जाजरकोटको सिमानामा पर्ने छेडागाडनजिकै भेरी नदीस्थित झोलुंगे पुल भासिएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।गत वर्ष अविरल वर्षाका कारण पुल भासिएपछि बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेल गायत जाजरकोटका झन्डै ३ सय परिवार जोखिम मोलेर वारपार गर्न बाध्य छन्।पिलर भासिएपछि झोलुंगे पुलको बीच भागले भेरी नदी छोए पनि अर्को विकल्प नभएपछि भासिएकै पुलबाट स्थानीय हिँड्न बाध्य छन्।स्थानीयलाई पालिकाको मुख्य बजार सल्लीबजार, जाजरकोटको शिव