काठमाडौं : कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको नयाँ योजना चीनले अस्वीकार गरेको छ।डब्ल्युएचओले चीनको प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुन सक्ने सम्भावनालाई खुला राखेर अध्ययनको योजना बनाएको थियो। डब्ल्युएचओका प्रमुख डा टेड्रोस अदानोम गेब्रियेससले महामारीको शुरुवाती चरणको जाँचलाई लिएर शर्तसहितको थप सहयोगको प्रस्ताव गरेका थिए। यसअघि उनले चीनबाट कोरोना भाइरसको सुरुवाती संक्रमण बारे तथ्यांक नपाउँदा अध्ययन प्रभावित भएको बताएका थिए। चीनले गोपनीय