एक क्वीन्टल सुन तस्करीको अन्तरदेशीय सञ्जाल : कस्तो छ हालसम्मको अनुसन्धान प्रगति ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिनुभएको छ । बिहिबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव अस्वीकार गर्नुभएको समाचार बाहिरिए पनि प्रधानमन्त्री प्रचण्डले राजश्व अनुसन्धान विभागसंगै सिआईबीलाई सो निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप …

सम्बन्धित सामग्री

२३ क्वीन्टल सुन रातारात बाहिर पठाइयाे : गोकुल बास्कोटा

काठमाडौँ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले २३ क्वीन्टल सुन रातारात बाहिर पठाइएको दावी गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा उनले २३ क्वीन्टल सुन बाहिर पठाएर ६० किलो समातिएको बताउँदै यो फगत नौटंकी थियो या खास कारणले समातियो पर्दा खुल्दै जाने बताए। उनले एमालेले कसैको कुर्सी हल्लाउन नचाहेको पनि बताए। लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि चुनौती थपिएको बास्कोटाले बताए। जे चिज साँचो हो त्यही कुरा ल्याउन पनि उनले अनुरोध गरेका छन्।

‘३५ दिन कुर्दा एक क्वीन्टल सुन कति केजीमा झर्ने हो ?’

पूर्व प्रधानमन्त्री तथा प्रमुख पतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले साउन ३ गते बरामद भएको एक क्वीन्टल सुन गाल्दा ६१ केजीमा झर्नु सुन गायब पार्ने षड्यन्त्र भएको बताउनुभएको छ । बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्‍यो भन्दै उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको दावी समेत …

सुन प्रकरणमा ओलीले भने– टुप्पोटुप्पो हेरेर हुँदैन, जरोसम्म खोज्नुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक क्वीन्टल सुन प्रकरणमा सरकारले टुप्पोटुप्पोमा मात्र हेरेको आरोप लगाएका छन् ।

‘एक क्वीन्टल सुन प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीभन्दा अरुको होईन’

काठमाडौं, १८ साउन । अहिले देश भ्रष्टाचारको दलदलमा छ । सरकारका हरेक निकाय भ्रष्टाचारले ग्रस्त छन् । राज्यका सबै निकायहरुमा विकृति, विसंगति र भ्रष्टाचार मौलाएको छ । सरकारले पछिल्लो समय नक्कली भुटानी शरणाार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाईल खोलेको छ । कारबाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि सरकारले सत्ता टिकाइराख्न बेलाबेलामा स्टन्टबाजी गर्ने […]

क्वीन्टल सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषि रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको […]

सुन तस्करी प्रकरण छानबिन गर्न भन्सार विभागले बनायो समिति

विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समित गठन गरिएको विभागले जनाएको छ । एक क्वीन्टल सुन बरामद भएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका गोरेका सहयोगी पक्राउ

मोरङ उर्लाबारीका सनम शाक्य र ३३ क्वीन्टल सुन तस्करी प्रकरणका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

३८ क्वीन्टल सुन प्रकरण : बहस सकियो, भाेलिसम्म फैसला आउने

विराटनगर : करिब ३८ क्वीन्टल सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्याको बहस आज (आइतबार) सकिएको छ।मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आइतबार दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरूले बहस गरेका छन्।गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गरे। अनुसन्धानबाट सनम हत्या र सुन तस्करीको मुख्य भूमिका गोरेले निर्वाह गरेको खुलेको थियो। मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो। प्रतिवादीमध्य