गोठलापानी बजारबाट नेपाल–भारत सीमानाका झुलाघाटको दूरी १९ किलोमिटर छ । यो सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन् । दैनिक घरायसी सामान किनमेलका लागि स्थानीय दिनहॅु भारतीय बजार झुलाघाट पुग्ने गर्छन् । रोजगारीका लागि भारत जाने र भारतबाट फर्किनेहरू पनि यही सडक हुँदै आउजाउ गर्छन् । १९ किमि पक्की सडकको भाडा भने २५० रुपैयाँ छ । सवारीधनीहरूले यात्रुबाट मनपरी भाडा असुलिरहेका छन् । तर, नियमनकारी निकाय भने यसमा बेखबर छ ।