झाडीले भरिएको, वस्तुभाउको आहाल बस्न प्रयोग हुने कैलालीको डुबरी ताल अब मिनी पार्कको रूपमा परिणत हुने भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–८ डुढियास्थित जैविक दृष्टिकोणले महत्त्वपूर्ण ताल अब मिनी पार्क बन्ने भएको हो ।
१ करोड ७८ लाख ९८ हजार रुपैयाँको लागतमा मिनी पार्क बन्ने भएको छ । कैलारी गाउँपालिकाका इन्जिनीयर भरत चन्दका अनुसार तालमा संघीय सरकारको ६० र कैलारी गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको छ ।
२०७८ वैशाख ९ गते गाउँपालिका र महादेव खिम्टी अञ्जना खड्का जेबीबीच सम्झौता भई मिनी पार्क निर्माणको...