बराह ताल

बागलुङ नगरपालिका–१०, भकुण्डेस्थित बराह ताल । समुन्द्री सतहदेखि एक हजार ३५० मिटरको उचाइमा अवस्थित उक्त ताल पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । तालमा डुङ्गा सयरको समेत सुविधा छ । तस्बिर: रामबहादुर थापा/ रासस

सम्बन्धित सामग्री

तमानखोलाको भरपर्दो आयस्रोत बन्दै बराह ताल

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बागलुङको तमानखोला गाउँपालिकामा रहेको बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल जिल्लाको मुख्य पर्यटकीय गन्तव्य हो । बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी …

हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको बराह ताल

गलेश्वर, १३ चैत । चारैतिर वनजङ्गल र हरियाली सहितको पहाड । उत्तरतर्फ कृषि प्राविधिक शिक्षालय रहेको चिटिक्क परेको बिम गाउँ । पश्चिम–दक्षिणतर्फ पर्ने ताकम धारापानी र फेदीमा म्याग्दी नदीको नागबेली दृश्य । यही परिधिभित्रको भूगोलमा छ म्याग्दीको मालिका गाउँपालिका–७ बिम बाइन्दाफाँटको बिमराङमा पर्यटकलाई पर्खिरहेको बराह ताल । धौलागिरि हिमाल र म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरको […]

बराह ताल

पर्यटकीय गाउँका रूपमा चिनिएको बागलुङ नगरपालिका–१०, भकुण्डेमा रहेको रमणीय बराह ताल  । तस्बिर : खेमराज गौतम/रासस ।

चराले सफा गर्ने निस्कोट बराह ताल

म्याग्दी – गाउँको सिरानमा जङ्गल । जङ्गलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल । प्राकृतिक रूपमा बनेको यो तालको भू–बनोट नै अचम्मैको छ । यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पक्षीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दछन् । यो तालको नाम बराह ताल हो । पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ मा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही पनि यो ताल देख्दा छक्क पर्ने गर्दछन् ।...

पर्यटक बोलाउँदै बराह ताल

बागलुङ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउ बराह ताल निकै मनमोहक देखिन्छ । अंग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पर्खाइमा छ । घना जंगलको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले भरिपूर्ण छ । ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचार–प्रसारका कारण त्यति चर्चामा आउन सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको सो ताललाई पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन थालेको छ । बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरुयोजना बनाएर संरक्षण र प्रवद्र्धन थालेको छ । धार्मिक महत्वसँग जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन । भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपुगेका कारण बराह ताल पर्यटकको आकर्षण क्षेत्र भए पनि ओझेल पर्दै आएको स्थानीयको गुनासो छ । ताल संरक्षणमा स्थानीयको अग्रसरता सामान्य पोखरीसमेत पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेका सन्दर्भमा महत्वपूर्ण क्षेत्रका रूपमा रहेको निकै फराकिलो बराह ताल प्रचार–प्रसार अभावमा ओझेल परेको हो । अहिले तालको संरक्षण, आवश्यक पूर्वाधार प्रवद्र्धनमा स्थानीयले समेत अग्रसरता देखाउन थालेका छन् । विस्तारै तालको संरक्षण र प्रचार–प्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला–२ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिए । ‘पौराणिक, ऐतिहासिक एवं पर्यटकीय स्थल बराहतालको संरक्षणसँगै प्रवद्र्धनमा जुटिरहेका छौं । अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ’, छन्त्यालले भने, ‘प्राकृतिक रूपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ ।  वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।’ फुस्रेको थान माथि र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किंवदन्ती छ । तालमा हिउँदको समय सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाइ छ । आँखा फुटेको बूढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माण गरिएको छ ।  गण्डकी प्रदेश सरकारको १० लाख बजेटमा ताललाई काँडेतारले बारिएको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरेको  पालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । रासस

तस्वीर : बागलुङको मुठाचौरमा रहेको मनमोहक बराह ताल

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको उक्त तालको संरक्षण र प्रवर्द्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ । तस्वीर : रासस

मनमोहक बराह ताल

गलकोट, २ फागुन: बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रर्बद्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ ।-तस्वीर : खेमराज गौतम, रासस