अचार सम्बन्ध र स्वाद

दशैँ नजिकिँदै गर्दा घरघरमा मीठा पकवानको तयारी चल्दै छ । माछा, मासु र अन्य परिकारको जति लहर बढे पनि त्यहाँ अचार नहुने हो भने खानाको सुगन्ध नै हराएझैँ हुन्छ ।

सम्बन्धित सामग्री

‘गुन्द्रुक खाँदा किम्चीको जस्तै स्वाद पाएँ’

नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यो वर्ष सन् २०२४ मा दुई मुलुकले ५० औं वर्षगाँठ मनाउने चरणमा छ । त्यसका लागि काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासले ५० वर्षको लोगोसमेत सार्वजनिक गरिसकेको छ । दक्षिण कोरियाले नेपालको आर्थिक, पूर्वाधार, प्राविधिक, कृषिलगायत विभिन्न क्षेत्रमा घनिष्ठ मित्रका रूपमा सहयोग गर्दै आइरहेको छ ।

वाइवाइको व्यावसायिक दूतमा अभिनेता आयुष्मान खुराना

काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले वाइवाइ चाउचाउको व्यावसायिक दूतमा बलिउड अभिनेता आयुष्मान खुरानालाई नियुक्त गरेको छ । सीजी फुड्स एण्ड सीजी कर्प ग्लोबल इण्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले खुरानासँग सहकार्यको उच्च अभिलाषा छोटो समयमा पूरा भएको बताए ।  सहकार्यले वाइवाइ चाउचाउको ब्राण्डलाई थप स्थापित गराउन सहयोग पुर्‍याउने उनको अपेक्षा छ । यस सहकार्यले विक्री प्रवर्द्धन मात्र नभई वाइवाइका पारखीसँगको सम्बन्ध थप उचाइमा पुर्‍याउने कम्पनीले बताएको छ । व्यावसायिक दूत खुरानाले वाइवाइसँग जोडिन पाउनु खुशीको कुरा रहेको बताए । यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको उनको भनाइ छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउमा वाइवाइ रोजाइमा पर्ने उनले बताए ।

एकै जनराका फिल्म एउटै मितिमा भिड्दै

काठमाडौँ- नयाँ वर्ष २०८० को अवसर पारेर वैशाख १ गते प्रदर्शनमा आउने चार फिल्म एकापसमा भिड्दै छन्- जारी, नाइँ नभन्नू ल-६, बुलाकी र बिहे पास। यी चार फिल्मको विधा एउटै हो। चारै फिल्म सम्बन्ध र पारिवारिक कथावस्तुमा निर्माण भएका हुन्। जनरा एउटै हुने भएपछि यसको स्वाद र मनोरञ्जन पनि एउटै हुने भैहाल्यो। एउटै मितिमा चार […]

स्प्राइटको ‘पिरोको झट्का स्प्राइटले मेटा’ शुरू

काठमाडौं । लेमन–लाइम पेयपदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ क्याम्पेन शुरू गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराको थप स्वाद लिन स्प्राइट उपयुक्त पेयपदार्थ हो भन्ने सन्देश दिन कम्पनीले क्याम्पेन शुरू गरेको हो । क्याम्पेनको एउटा भाग नयाँँ टेलिभिजन कमर्सियल पनि  बनाइएको छ । त्यसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन् । जनकपुरमा छायांकन गरिएको यो टीभीसीमा त्यहाँको स्थानीय संस्कृति र खानेकुरालाई देखाइएको छ । उक्त क्याम्पेन नेपालको पहिलो रहेको र त्यसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्ध देखाउने प्रयास गरेको कम्पनीको भनाइ छ । कोकाकोला नेपालका देशीय निर्देशक आदर्श अवस्थीले नेपाली युवाले पिरो चाउचाउ, चटपटे लगायत खानेकुरा खाने भएकाले त्यसको थप स्वाद लिन स्प्राइट सबैभन्दा उपयुक्त पेयपदार्थ रहेको बताए ।

मानिसले कुखुरा पाल्न र खान कहिले सुरु गर्‍यो ? यस्तो छ रोचक इतिहास

मानिसले कुखुराको मासु तथा अण्डा कहिले देखि खान सुरु गरेको होला ? कुुखुरा खानु अगाडि मानिसले उक्त पंक्षी पाल्न सुरु गरेको हो । त्यसोभए कुखुरा कहिलेदेखि मानिसले पाल्न थालेको हो ? के कुखुरा हेर्दा सुन्दर पंक्षी भएकाले पाल्न थालिएको हो ? वा कुखुराको मानिससँग कुनै खास सम्बन्ध थियो ? किनकि मानिसलाई पहिले त कुखुराको स्वाद […]

हस्तकलाको विकासमा जिल्ला संघको भूमिका सराहनीय

काठमाडौं (अस) । नेपाल हस्तकला महासंघको आयोजनामा नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंको व्यवस्थापनमा ०७८ असोज १५ स्थानीय विकासमा जिल्ला संघको भूमिका विषयक अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकला क्षेत्रको समृद्धिका लागि प्रत्येक जिल्ला संघको योगदान महत्वपूर्ण रहेको बताए । हस्तकलालाई राष्ट्रिय योजनामा विशेष प्राथमिकताका साथ समावेश गर्न सके निर्यात वृद्धिका साथै आर्थिक समृद्धिमा नयाँ फड्को मार्न सकिने उनको भनाइ छ । महासंघ उपाध्यक्ष तथा सदस्यता परिषद्का सभापति दीपेन्द्र शाक्यले उद्यमशीलताको विकास, जिल्ला हस्तकला संघको भूमिका, अनुभव आदान–प्रदान, सदस्यको उत्पादनको बजार प्रवद्र्धन एवं महासंघ र जिल्ला संघबीच सम्बन्ध कायम गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंकी अध्यक्ष मीरा भट्टराईले परम्परागत हस्तकलाका शैलीमा नयाँ स्वाद थपेर आकर्षक बनाइँदै लगिएकाले बजार विस्तारका प्रशस्त सम्भावना रहेको बताइन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले हस्तकलाकर्मीको योगदानको प्रशंसायोग्य रहेको धारणा राखिन् । महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोभिड महामारीका कारण हस्तकला उद्योग नराम्ररी प्रभावित भएकाले काठमाडौं उपत्यकामा मात्र सीमित रहेका सम्पदालाई प्रत्येक जिल्लामा विस्तार गर्न आवश्यक रहेकामा जोड दिए । व्यवस्थापन क्षेत्रका विशेषज्ञ एवं एसईएसका प्रतिनिधि हरिहर सुवेदी स्रोत व्यक्ति रहेको गोष्ठीमा हस्तकला महासंघका पदाधिकारी, जिल्ला संघका प्रतिनिधि एवं सदस्य गरी ४० जनाको सहभागिता थियो ।

अमेरिकालाई चीनको जवाफ – लोकतन्त्र कोकोकोला होइन, जसको स्वाद एकै होस्

चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चिनियाँ जनता र चीनको शान्तिपूर्ण विकासको सम्मान गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार अमेरिकी काउन्सिलका अध्यक्ष रिचर्ड हाससँग भएको भिडियो वार्ताका दौरान उनले सौहाद्रपूर्ण रुपमा सम्बन्ध अघि बढाउनुपर्ने धारणा राखे ।यस बैठकमा अमेरिकाबाट झन्डैं पाँच सय प्रतिनिधि सहभागी थिए । अमेरिकाले चीनको शान्तिपूर्ण विकासलाई स्विकार्ने र चिनियाँ नागरिकहरुको राम्रो जीवन बाँच्न पाउने अधिकारको सम्मान गर्ने विषयमै आपसी सम्बन्ध निर्भर गर्ने विदेशमन्त्री वांगले बताए । चिनिय

खानेकुराको कुराः खान जाने औषधी, नजाने विष

खानपान हाम्रो जीवनशैलीको हिस्सा हो । खानेकुरा खानुको सम्बन्ध केवल प्राण धान्नुसँग मात्र छैन, जीवन पद्धतीसँग पनि छ । तर, खानुको अर्थ स्वाद मेट्नु मात्र पनि होइन । वा जिब्रोको तलतल मेट्नका लागि खाने होइन …