खानपान हाम्रो जीवनशैलीको हिस्सा हो । खानेकुरा खानुको सम्बन्ध केवल प्राण धान्नुसँग मात्र छैन, जीवन पद्धतीसँग पनि छ । तर, खानुको अर्थ स्वाद मेट्नु मात्र पनि होइन । वा जिब्रोको तलतल मेट्नका लागि खाने होइन …
डा. पुनेश्वर केशरी सामान्यतया आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ हुँदैन भन्ने भनाइ छ तर यो पूर्ण सत्य होइन । आयुर्वेदकै कतिपय स्वास्थ्यकर्मी पनि आयुर्वेद औषधिको दुष्प्रभावबारे अनभिज्ञ छन् । सुरक्षित प्रयोगमा त्यति संवेदनशील भएको पाइँदैन । रोगले हुने मृत्यु कहिलेकाहीँ हामीले रोक्न सक्दैनौँ तर औषधिको प्रयोगले हुने मृत्यु स्वीकार्य हुन सक्दैन भन्ने भनाइ नै छ । तसर्थ कुनै पनि चिकित्सा पद्धतिमा प्रयोग हुने औषधिको प्रयोगबाट हुने दुष्प्रभावको पहिचान, अध्ययन, आकलन तथा रोकथामसम्बन्धी कार्यका लागि र त्यससम्बन्धी शिक्षा तथा स्वास्थ्यकर्मीलाई तालिम आदिको व्यवस्थापनका लागि फर्माकोभिजिलेन्स (औषधिको दुष्प्रभाव पहिचान) आवश्यक हुन्छ । यस लेखमा आयुर्वेद औषधिको सुरक्षित प्रयोगबारे आयुर्वेद संहिताहरूमा उल्लेख गरिएका केही विषय प्रकाश पार्ने जमर्को गरिएको छ ।
हृदय छिया पार्नेहरु यही मुटुभित्र कैद छन्
विश्वासको चौघेरामा विष घोलेर
आस्थाको धरहरामा प्रहार गर्छन्
भ्रमको दुनियाँ नचिनेर तिनैका लागि
परेलाबाट भल बग्छन् आँशुको किन
भतभती पोल्छ मन तै पनि आत्माभित्र वस्छन्
खुकुरी हान्छन् अनि मल्हम खोज्छन्
हो ...
हाम्रो खानपान परम्परा निकै समृद्ध छ । हाम्रा पूर्खाहरुले जुन शैलीमा खाना पकाउने गरे त्यो स्वाद र स्वास्थ्यका लागि एकदम उन्नत छ । सामान्यत हामीकहाँ सिलौटोमा मसला पिसेर खाने चलन छ । मसलामा अदुवा, लसुन, जिरा, धनिया आदि मिसाइन्छ । यी सबैको मिश्रणबाट निस्कने स्वाद र त्यसलाई प्रयोग गर्ने विधीले हाम्रो परम्परागत भोजन स्वादिलो भएको […]