काठमाडौँ– सिभिल ग्रुप ठगी प्रकरणमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा पढाउने आदेश दिएको हो। सिभिल ग्रुपअन्तर्गत सिभिल सहकारीका नाममा भएको ठगीमा तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो। सिभिल सहकारीका […]