काठमाडौं : बालिका बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। शुक्रबार थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश गरेको अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।बुधबार सुरु भएको थुनछेक बहस तीन दिन चलेको थियो। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरुसहित झण्डै एक दर्जन कानुन व्यवसायीले बहस गरेका थिए।सन्दीपविरुद्ध म