कोभिड सम्बन्धि सामाग्री जाँचपास गर्न कार्यविधि जारी

काठमाडौं। भन्सार विभागले विदेशबाट कोभिड–१९ विरुद्ध आउने सामाग्रीको छिटो जाँचपास गर्न कार्यविधि जारी गरेको छ। महामारी नियन्त्रणका लागि आउने स्वास्थ्य उपचार सामाग्री र उपकरण तथा मेसिनहरुको छिटो जाँचपास गराउन कार्यविधि, २०७८ जारी गरेको हो। यो कार्यविधि आजैदेखि लागु हुने छ। यसैगरी, यो कार्यविधिलाई विभाका महानिर्देशकले जुनसुकै समयमा खारेज गर्न सक्नेछन्।

सम्बन्धित सामग्री

चलचित्र जाँचपास (सेन्सर) को विषयमा छलफल

केन्द्रीय चलचित्र जाँच समितिले तयार पारेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति चलचित्रकर्मीले असहमति जनाइरहेका छन् ।

प्रविधि, कार्यविधि एवम् प्रशासनिक सुधार

काठमाडौं । राजस्व प्रशासनलाई स्वच्छ, पारदर्शी, प्रविधिमैत्री, व्यावसायिक र करदातामैत्री बनाई स्वेच्छिक कर सहभागिता एवम् कर परिपालना अभिवृद्धि गरिने भएको छ । कर प्रशासनबाट प्रवाह हुने सेवा स्वचालित प्रणालीमा आवद्ध गर्दै लैजाने नीतिअनुरूप सबै करदातालार्इ क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ।  भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाई भन्सार जाँचपास प्रणालीलाई सरल र पारदर्शी बनाइनेछ। मालवस्तु तथा यात्रुको जाँचपासमा आधुनिक उपकरणको प्रयोग बढाउँदै लगिने बताइएको छ ।  सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति, ओजोन तहलाई नष्ट गर्ने पदार्थ तथा वातावरणलाई प्रतिकूल प्रभाव पार्ने प्रतिबन्धित एवं हानिकारक वस्तु नियन्त्रणको लागि त्यस्ता वस्तु परीक्षण गर्न सक्ने गरी भन्सार प्रयोगशालाको क्षमता अभिवृद्धि गरिने भएको छ ।  कुटनीतिक नियोगले प्राप्त गर्ने मूल्य अभिवृद्धि कर फिर्तासम्बन्धी व्यवस्थालार्इ थप सरलीकृत एवं प्रभावकारी बनाउन ग्रिन च्यानलको माध्यमबाट स्वचालित रूपमा बैङ्क खातामा कर फिर्ता हुने व्यवस्था मिलाइनेछ। स्वैच्छिक कर सहभागिता अभिवृद्धि तथा कर चुहावट नियन्त्रणका लागि कर परीक्षणलार्इ अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विद्युतीय प्रणालीमा आधारित 'इ-एसेसमेन्ट पद्धति' को शुरूवात गरिने भएको छ । शैक्षिक परामर्शदाता मार्फत विदेशमा अध्ययन गर्न नो अब्जेक्सन सर्टिफिकेट लिँदा र विदेशी विश्वयविद्यालयमा बैङ्कबाट विदेशी मुद्रा पठाउँदा सम्बन्धित शैक्षिक परामर्श संस्थाको स्थायी लेखा नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था मिलाइनेछ।  पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनेछ। स्थायी लेखा नम्बरलार्इ राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिनेछ। बैङ्क, वित्तीय संस्था तथा सहकारी संस्थामा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बरलार्इ अनिवार्य गर्दै लगिनेछ।

अत्यावश्यक सामग्रीको जाँचपास छिटो गर्न कार्यविधि

सरकारले ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको शीघ्र जाँचपास कार्यविधि–२०७८’ तयार गरेको छ । कोभिड महामारी रोकथामका लागि प्रयोग हुने सामग्रीलाई प्राथमिकतामा राख्न कार्यविधि तयार पारिएको हो । सरकारले कोभिड रोकथामसम्बन्धी सामग्री आयातमा महसुल छुट दिने निर्णय गरिसकेको छ । आयातका क्रममा जाँचपास सजिलो बनाउन भन्सार विभागले कार्यविधि बनाएको हो ।

भन्सार अधिकृतले स्वास्थ्य सामाग्री रोक्न नपाउने

काठमाडौं। कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सहयोग पुर्‍याउने स्वस्थ्य सामाग्रीलाई भन्सार अधिकृतले नाकामा रोक्न नपाउने भएका छन्। कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ ले यस्तो व्यवस्था गरेको हो। जसअनुसार, आयातकर्ताले कोभिड–१९ सम्बन्धित सामाग्री घोषणा गरेपछि नाकामा अनावश्यक बाधा गर्न नमिल्ने भएको हो। यद्यपि,यसरी ल्याउने सामानको गुणस्तर भने परीक्षण गरिने छ।

कोभिड सम्बन्धि सामाग्री जाँचपास गर्न कार्यविधि जारी

काठमाडौं। भन्सार विभागले विदेशबाट कोभिड–१९ विरुद्ध आउने सामाग्रीको छिटो जाँचपास गर्न कार्यविधि जारी गरेको छ। महामारी नियन्त्रणका लागि आउने स्वास्थ्य उपचार सामाग्री र उपकरण तथा मेसिनहरुको छिटो जाँचपास गराउन कार्यविधि, २०७८ जारी गरेको हो। यो कार्यविधि आजैदेखि लागु हुने छ। यसैगरी, यो कार्यविधिलाई विभाका महानिर्देशकले जुनसुकै समयमा खारेज गर्न सक्नेछन्।

भन्सार विभागद्वारा कोभिड–१९ शीघ्र जाँचपास कार्यविधि जारी

काठमाडौं । नेपाल सरकार भन्सार विभागले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरेको छ । विश्वव्यापी संक्रामक महामारी कोभिड–१९ नेपालमा पनि तिब्र रुपमा फैलिरहेको अवस्थामा नेपाल सरकारले यस रोगको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सामग्री तथा माल वस्तुको सहज आयातका लागि यो कार्यविधि जारी गरेको हो । यस अन्तर्गत भन्सार विन्दुमा छिटोभन्दा छिटो जाँचपास गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकाले भन्सार ऐन,