काठमाडौं । नेपाल सरकार भन्सार विभागले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरेको छ । विश्वव्यापी संक्रामक महामारी कोभिड–१९ नेपालमा पनि तिब्र रुपमा फैलिरहेको अवस्थामा नेपाल सरकारले यस रोगको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सामग्री तथा माल वस्तुको सहज आयातका लागि यो कार्यविधि जारी गरेको हो । यस अन्तर्गत भन्सार विन्दुमा छिटोभन्दा छिटो जाँचपास गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकाले भन्सार ऐन,