काठमाडौं। कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सहयोग पुर्याउने स्वस्थ्य सामाग्रीलाई भन्सार अधिकृतले नाकामा रोक्न नपाउने भएका छन्। कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ ले यस्तो व्यवस्था गरेको हो। जसअनुसार, आयातकर्ताले कोभिड–१९ सम्बन्धित सामाग्री घोषणा गरेपछि नाकामा अनावश्यक बाधा गर्न नमिल्ने भएको हो। यद्यपि,यसरी ल्याउने सामानको गुणस्तर भने परीक्षण गरिने छ।