यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार जुटिरहेका छन् । उनीहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकालाई समेत आचारसंहिता विपरित प्रयोग गरेको पाइएको छ ।चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित बालबालिका प्रयोग गरिरहेका हुन् ।मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाका अधिकांश पालिकामा