काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ती जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकीर छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका…